प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने - Crazysaptahik.com

प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने


क्रेजी साप्तहिक
पथरी । स्वास्थ्यउपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कने भएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको जानकारी आफुलाई दिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले जानकारी दिए । प्रधानमन्त्री ओलीसँग टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै उपनेता नेम्वाङले भने, ‘मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ । उहाँले ठीक छ, राम्रो भइराखेको छ भन्नुभयो ।’ प्रधानमन्त्री ओलीले विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासा राखेको उल्लेख गर्दै उपनेता नेम्वाङ्ले भने, ‘मैले प्रतिपक्षसँग कुरा गरिरहेको छु भनेँ । साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भइरहेको जानकारी गराएँ ।’

प्रधानमन्त्री ओलीले संसदमा रहेका विधेयकहरुका विषयमा समेत चासो राखेको नेङ्माङले जानकारी दिए । यही भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको एकदिन बिराएर गरिने प्लाज्मा फेरेसिस छैठौं पटक भएको छ ।

सम्बन्धित खवर