डाँस मोरङगी सामृदायिक वनमा अध्यक्षको मनोमानी - Crazysaptahik.com

डाँस मोरङगी सामृदायिक वनमा अध्यक्षको मनोमानी

क्रेजी साप्ताहिक
पथरी । मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधीकारीको मनोमानी हुने गरेको पाइएको छ । हिँजो भएको वार्षिक साधारणसभा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने उपभोक्तका सन्तानहरुलाई नगद सहित सम्मान गरिएको थियो । तर वोलिमा उत्कृष्ट नतिजा ल्याउनेलाई भनेर बोलीए पनि यथार्थमा त्यस्तो भएको थिएन ।

उपभोक्ता अर्जुन ढुङगानाकी छोरिले बि प्लस सहितको नतिजा ल्याएकी थिइन तर समितिले डि ग्रेड ल्याउने निशा पौडेललाई पुरस्कृत गरेको थियो । त्यस्तै समितिको साधारणसभामा प्रश्न राख्ने क्रममा गत चुनावमा उपाध्यक्ष पदमा उम्मेद्वार समेत रहेका दिपेन्द्र दाहाललाई जवाफ दिनुको सट्टा उल्टै हप्काइएको छ । उनले राखेको प्रश्नको जवाफ दिनुको सट्ट अध्यक्ष जिवन कट्वलल् थर्काउने काम गरेको भन्दै उपभोक्ता आक्रोसित वनेका छन् । समितिका पदाधिकारीहरुकै लापरवाहि र मनोमानीका कारण बर्षौँदेखि वन रिनबाट मुक्त नभएको भन्दै उपभोक्ताहरु आक्रोसित हुँदै आएका छन् । समितिलाई केहि वर्षअघि मुद्धा लागेको थियो । सो मुद्धा मिलाउनका लागि भन्दै उपभोक्तासँग उठाएको लाखौँ रकम अहिले पनि हिसावविहिन बनेको छ

सम्बन्धित खवर