कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन - Crazysaptahik.com

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन भएको छ ।

बुधवार संस्थाकै भवनमा भएको साधारणसभाबाट अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुँगाना सहित उपाध्यक्षमा भुवन थापा, सचिवमा उमेश कोइराला, सह–सचिव लक्ष्मी गुरागाई र कोषाध्यक्षमा हरि निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपक काफ्ले, याम मगर, रिन्टु श्रेष्ठ, राधा सापकोटा चयन भएका छन् । जिल्लाकै पुरानो मानिने यो संस्थाको ब्यानरमा नेपाल टेलिभिजनबाट प्रशारण हँुदै आएको ‘दोबाटे’ टेलिश्रृङ्खला पुर्वमा मात्र नभएर अहिले देशभरिका दर्शकको मन जित्न सफल भएको छ । केहि वर्षदेखि निस्कृय रहेको यो संस्थामा जिरिखिम्तिका समाजसेवि तथा संस्थाका जन्मदाताका रुपमा चिनिने भरत पोख्रेल र अर्जुनप्रसाद पोख्रेलको अगुवाइमा स्थानिय युवाहरुले संस्था बचाउन लागि पर्ने बताउँदै नव कार्यसमिति गठन गरेका हुन् संस्थामा समाजमा केही गर्न चाहने स्थानिय युवाहरुको नेतृत्व आएपछि स्थानिय समेत खुसि छन् ।

विगतमा संस्थाका लागि अहोरात्र खट्ने सवैलाई धन्यवाद दिँदै संस्थालाई थप उचाइमा पु¥याउन जुनसुकै कसरत गर्न पनि तयार रहेको नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले बताए । कार्यक्रम वडा सदस्य अनोज घिमिरे आतिथ्यता र लक्ष्मण गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर