क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं–१० स्थित जिरिखिम्तिमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले मन्दिर सरसफाई कार्यक्रम गरेको छ । स्थानियले हरेक दशैमा दुर्गा पुजा गर्दै आएको सिंहदेवि दुर्गा मन्दिर र सो आसपासका क्षेत्रमा समितिले शनिवार सरसफाइृ कार्यक्रम गरेको हो । समितिको यो कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीले पनि ‘समुदाय सँग प्रहरी’ को नाराको साथ सहभागीता जनाएको थियो ।
केही हप्ताअघि मात्र स्थानिय ज्ञानेन्द्रप्रसाद ढुँगानाको नेतृत्वमा आएको युवाहरुको नया समितिले छोटो अवधीमा नै विविध कार्यक्रम गरेर स्थानियको मनमा वसिसकेको छ । समितिको सो सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका साथै डाँस मोरङ्गी सामुदायिक वन, जागृति कृतन मण्डली, र सोही मन्दिर व्यवस्थापन समितिको टोली पनि सहभागी थियो । समितिले दुर्गा मन्दिरका साथै डाँस खोला दक्षिणमा रहेको शिवालय मन्दिर र शव दाहसंस्कार स्थल परिसर पनि सरसफाई गर्ने भनिएपनि वर्षाका कारण उक्त दुई ठाउँमा सरसफाई गर्न नसकिएको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले बताए ।