पथरी शनिश्चरे ४ मा एक्सेल विकाश वैकको शाखा उद्घाटन - Crazysaptahik.com

पथरी शनिश्चरे ४ मा एक्सेल विकाश वैकको शाखा उद्घाटन

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे ४ मा आज एक्सेल विकाश वैकको शाखा उद्घाटन भएको छ । एक्सेल विकाश वैकबाट ख वर्गको इजाजत पत्र प्राप्त संस्था हो । यो वैकको ५ जिल्लामा कार्य क्षेत्र रहेको छ ।

वैकको उद्घाटन कार्यक्रमा प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले रिबन काटेर उद्घाटन गरेकाछन् । उद्घाटन कार्यक्रमा शाखाका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले प्रदेश नं १ कै पहिलो प्रादेशिक बैकका रुपमा समग्र प्रदेशका वित्तीय अभियन्ता बनी ग्राहक वर्गलाई छिटो छरितो गुस्तरीय र विश्वसनिय अत्याधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्ने बताएकाछन् ।

उनले ग्रामिण तथा शहरी क्षेत्रमा छरिएर रहेका श्रोत,साधन तथा पुँजीलाई संकलन गरी सोहि क्षेत्रको आर्थिक विकाश र उन्नतीमा उपयोग गर्नका लागी वित्तीय मध्येस्थता गरी समग्र क्षेत्रकै आर्थिक विकाशमा टेवा पु¥याउने बताएका हुन् । सामाजिक दायित्वलाई बढवा दिदै देशको अर्थतन्त्रलाई सवल बनाउन सहयोग गर्ने पनि बताएकाछन् । यस शाखामा स्थानीयले न्युनतम १ हजार मुल्यमा खाता खाल्न सकिने सेवा प्रदान गदै आएको छ । लकर सेवा शुल्कमा ५० प्रतिशत छुटको सुविधा पनि रहेको ।

वैकमा विहान साडे ९ बाट बेलुका साडे ५ सम्म हप्ताको सातै दिन सेवा सुचारु गरिएको छ ।  केन्र्दीय कार्यलय झापाको विर्तामोडमा रहेको यस वैकले शन्ध्याकालिन निक्षेप सेवा,छिटो भर पर्दो विश्वासनीय सेवा दिई सजिलो र सुलभ दरमा कर्जा प्रवाह गदै आएको छ । बचत तथा मुद्धती खाताहरुमा अधिकतम प्रतिफलमा बिमीत निक्षेप खाताहरु समेत संचालित भई नेपालका जुनसुकै ब्तm लगायत नेपाल,भारत,तथा भुटानका ब्तm बाट निशुल्क भुतmानी लिन सकिने शाखाका प्रबन्ध निर्देषक युवराज भट्टराईले बताएकाछन् ।

सम्बन्धित खवर