पथरीमा कञ्चनजंघा सहकारीको चौथो शाखा उद्घाटन - Crazysaptahik.com

पथरीमा कञ्चनजंघा सहकारीको चौथो शाखा उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो चौथो शाखाको उद्घाटन गरेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्देशीय सहकारी संस्थाले पथरीमा आजबाट आफ्ना सेवाहरु सुचारु गरेको हो ।

प्रमुख अतिथि नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । उहाँले नगरमा आएको सहकारीको शाखाले स्वच्छ रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना प्रदान गर्नुभयो ।

सहकारीका केन्द्रीय अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राई सहितले मन्तव्य व्यक्त गर्नुभयो । पथरी शाखामा स्थानीय ४ जना कर्मचारी नियुक्त गरेर कारोबार सुरु गरिएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको सो सहकारीको हाल ६८ करोड ६० लाखको बजेट तय गरेको छ ।

सम्बन्धित खवर