डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित - Crazysaptahik.com

डाँस मोरङ्गीको साधारणसभामा जनप्रतिनिधिहरू सम्मानित

सन्तोष राई
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले २१ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

वनको २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरी वनले सह्रानीय कार्य गरेको छ ।

शनिबार वनको आफ्नै सभाहलमा भएको कार्यक्रममा पथरीशनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उप–प्रदेविमाया काफ्ले र १० वटै वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरुलाई सम्मान पत्र प्रदान गरी कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाले नगरक्षेत्रको वनलाई पर्यटनको हब बनाउनु पर्ने सुझाए । वन क्षेत्रलाई एग्रो टुरिजमको रुपमा उद्योग वा उत्पादनसँग जोडनुपर्ने बताए । उनले थपे– ‘जंगल, जल जनताको जिन्दगीसँग जोडिएको विश्वमा दैनिक बढ्दै गएको तापक्रम जंगलको संरक्षणले मात्र नियन्त्रणमा राख्न संभव हुनेछ ।’

डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहाले वन क्षेत्रमा अत्याधिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पर्ने गरेको बताए । साहाले अख्तियारको जाति मुद्धा परेपनि केही नहुने तर्क प्रस्तुत गर्दै धेरै मुद्धा पर्ने गरेको कारण वन कर्मचारीको इनर्जी सोही मुद्धा अनुसन्धानमा खर्च हुनेगरेको बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ १ नं. प्रदेश समिति सचिव अग्नी पौडेल लगायतले शुभकामना दिएका थिए ।

साधारणसभामा निम्न वर्गीय परिवारलाई खाट, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सामुदायिक वनको सहयोगमा लुगा बन्ने, गुडिया लगायतको सीप विकास तालिम दिएर उत्पादन सुरु गरेको बताए । साधारणसभाको बन्दसत्र आज (आइतबार) हुने वनका अध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।

सम्बन्धित खवर