युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी - Crazysaptahik.com

युवाहरुको प्रतिनिधित्व हुने गरी समावेश गरिनु पर्ने – डाँगी

सुनसरी– राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी सुनसरीले १० औं उपमहानगर अधिवेशन शनिबार सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा इटहरीको लाईन्स क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव डाँगीले युवाहरुको प्रतिनिधित्व हुने गरी युवाहरुलाई समावेश गरेर अघि बढ्नु पर्ने बताएका छन् । उनले पहिलेको हिसाबमा हाल युवा संघ खस्किँदै गएको र यसलाई सशक्त र बलियो संगठनको रूपमा विस्तार गर्न युवा हरुको प्रमुख भूमिका रहने बताएका छन् । भाषण र आश्वासनले केही नहुने र युवाहरुले सिपमुलक साथै उत्पादनमुखी काम गर्नु पर्ने उनले बताए ।

युवाहरुलाई प्रयोग मात्र नभएर रोजगारीको अवसर प्रदान गरिनु पर्ने डाँगीको भनाइ छ । अधिवेशनले सफल नेतृत्व चुनेको उनको दाबी रहेको छ ।

डाँगी मोरङ क्षेत्र नम्बर ३ “क “ बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फबाट युवा उम्मेदवारमा सिफारिस पनि भएका थिए ।

अधिवेशनबाट अध्यक्षमा कमल जङ क्षेत्री, उपाध्यक्ष अजेश राइ, सचिव सुमन कटुवाल, सह– सचिव मनिस कोइराला, सह–सचिव नविन चौधरी, कार्यलय सचिव अभिष कटुवाल , कोषाध्यक्ष संगिना राई लगायत सहित ४७ कमिटि चुनिएको हो ।

सम्बन्धित खवर