कानेपोखरीमा खानेपानी आयोजना उद्घाटन - Crazysaptahik.com

कानेपोखरीमा खानेपानी आयोजना उद्घाटन

क्रेजी संवाददाता
कानेपोखरी । कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले औपचारिक रुपमा खानेपानी आयोजना उद्घाटन गरेको छ ।

शुक्रबार प्रदेश १ का सांसद सूर्यमा राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । राईले रिवन काटी धारा खोलेर आयोजनाको औपचारिक उद्घाटन गरेका थिए ।

संघीय सरकारबाट ४५ लाख, प्रदेश सरकारबाट २ करोड ३९ लाख ४० हजार ७० रुपैया, कानेपोखरी गाउँपालिकाबाट २ लाख र उपाभोक्ताबाट ७ लाख २९ हजार रुपैया गरी कुल ३ करोड २७ लाख ९५ हजार ३१ रुपैयाको लागतमा निर्माण भएको आयोजनाको अध्यक्ष मानबहादुर चौहानले जानकारी दिए ।

त्यस मध्ये खानेपानी भवन घेराबारा, भवन निर्माण, ट्रान्र्फमा, ३ किलोमिटर पाईप विस्तार तथा हाल ४९ घर धुरीमा धारा वितरण भइसकेको छ । खानेपानी ट्याङकी २ लाख ३६ हजार लिटर पानीको भार थाम्न सक्ने क्षमता रहेको समितिले बताए ।

सम्बन्धित खवर