नगरपालिकामा 'फेरि भेटौला' कार्यक्रम - Crazysaptahik.com

नगरपालिकामा ‘फेरि भेटौला’ कार्यक्रम

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरिएको छ ।
झापाको कन्काई नगरपालिका सरुवा भई जानुभएका खरेललाई आज नगरपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुले संयुक्त रुपमा ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरेको हो ।
नगरका लेखा प्रमुख पिताम्बर वस्तीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य मिना तामाङले राख्नुभएको थियो । यस्तै अध्यक्षको तर्फबाट वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईले विदाईका शब्दहरु राख्नुभएको थियो । विदाई भई सरुवा हुनुभएका प्र.प्र.अ. खरेलले नगरका जनप्रतिनिधि र कर्मचारीहरुमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘यस नगरपालिकामा २ वर्ष ४ महिना रहुन्जेल जनप्रतिनिधिहरु र कर्मचारी साथीहरुले गर्नुभएको सहयोग र सद्भावप्रति म सदैव आभारी हुनेछु ।’
यस्तै नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–उपप्रमुख देवीमाया काफ्लेले विदाईका शब्दहरु प्रकट गर्नुभएको थियो । प्रमुख तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकामा भर्खरै आउनुभएका प्र.प्र.अ. शशी राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर