हरियाली सामुदायिक वनमा नयाँ नेतृत्व चयन - Crazysaptahik.com

हरियाली सामुदायिक वनमा नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
समूहको भदौ २३ गतेका दिन १८ औं चुनावी साधरण सभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको हुँदा १५ सदस्य समिति सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
शुक्रबार मनोनयन दर्ता गर्ने मिति निर्वाचन मण्डलले सार्वजानिक गरेसँगै अध्यक्ष पदमा काबुबहादुर मगर, उपाध्यक्षमा दिलबहादुर तामाङ, सचिवमा निर्मला चौहान, सह–सचिवमा नारायण अधिकारी, कोषाध्यक्षमा जानुका खड्का चौहानको उम्मेद्वारी दर्ता गराएका थिए ।
निर्वाचन मण्डलले उपलब्ध गराएको समय सिमामा उम्मेद्वारीका लागि मनोनयन दर्ता गर्ने अन्य कसैले नगरेपछि सर्वसम्मत रुपमा नयाँं नेतृत्व चयन भएको बताइएको छ ।
यसैगरी समितिको सदस्यहरुमा इन्दिरा मगर, दुर्गा कुमारी चौहान, रमा तामाङ, भक्तकुमार गेलाल, हरिबहादुर लामा तितुङ, कुमार गुरुङ, आतेजुङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइलीको उम्मेद्वारी परेको थियो ।
सदस्य पदका लागि कसैको दाबी बिरोध तथा अन्य उम्मेद्वारले मनोनयन दर्ता नगरेको हुँदा सर्वसम्मत रुपमा सदस्यहरु पनि निर्वाचित भएको निर्वाचन मण्डलले सार्वजानिक गरेको छ ।
लेखा समितिको संयोजकमा रमेश दाहाल सदस्यद्वयमा चन्द्रबहादुर थापा र उर्मिलादेवी ढुङगेल पनि सर्वसम्मत निर्वाचित भएका छन् । १ हजार २८ घर उपभोक्ता सदस्य रहेको यस समूहको नव निर्वाचित पदाधिकारी सदस्य र लेखा समितिलाई २३ गते साधरणसभाको दिन पद तथा गोपनियताको सपथ ग्रहण गराइने जनाएको छ ।

सम्बन्धित खवर