कञ्चनजंघाको २३ औं साधारणसभा तथा पथरीशनिश्चरे सेवा केन्द्रको तेस्रो वार्षिकोत्सव - Crazysaptahik.com

कञ्चनजंघाको २३ औं साधारणसभा तथा पथरीशनिश्चरे सेवा केन्द्रको तेस्रो वार्षिकोत्सव

क्रेजी संवाददाता
पथरी । कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा तथा पथरीशनिश्चरे सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव एवं ईकाई साधारणसभा सम्पन्न भएको छ ।
सोमबार संस्थाको पथरी बजारमा स्थापित सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव तथा ईकाई साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्लेले पछिल्लो समय न्यायिक समितिमा सहकारीहरूबाट पीडित भएकाहरुको उजुरीहरूको चाङ् बढ्न थालेको गुनासो राख्दै कञ्चजंघा बहुउद्देश्यीय सहकारीले पथरीशनिश्चरेमा सेवाग्राहीहरूलाई राम्रो सेवा प्रभाह गरेको बुझ्नमा आएको बताउँदै संस्थालाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सहकारी जन्मनु पूर्व कुनै बित्तिय संस्थाबाट रिण लिनका लागि धेरै चाप्लुसी गर्नु पर्ने तथा कर्मचारीहरूलाई चिया नास्ता खुवाउनु पर्ने अवस्था थियो । हाल नेपालमा सहकारीहरू सञ्चालनमा आएपछि, वित्तीय कारोबारमा सहजता भएको विशिष्ठ अतिथि वडा नम्बर १ का वडाध्यक्ष भिम राईले बताउनुभयो ।

संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा सदस्य पूर्णबहादुर कार्की, संस्थाका उपाध्यक्ष भरतकुमार चम्लागाई, सदस्य एवम् पथरीशनिश्चरे सेवा केद्रका संयोजक भेषबन्धु निरौला, कृष्णराज थापा, विमलप्रसाद निरौला, कल्पना राई, लोकनाथ अधिकारी, चेतनाथ रिजाल तथा पथरी सेवा केन्द्रका उदयनारायण धिताल, नरेन्द्र आचार्य, ईस्वरी सापकोटा, मन्जु कोइराला लगायतको उपस्थिति रहेको थियो ।

संस्था २०५७ जेष्ठ २९ गते दर्ता गरी साउन ५ गतेबाट कारोबार सुरू गरेको कंञ्चनजंघामा २३ वर्ष सम्मको यात्रामा ३ हजार १ सय ६९ जना शेयर सदस्यहरू आवद्ध रहेका छन् । संस्थाको कूल शेयर रकम ६ करोड ६१ लाख ५१ हजार ३ सय, निक्षेप रू ४८ करोड ९३ लाख ८७ हजार ७ सय ९८ रूपैयाँ, जगेडा कोषमा रू ४ करोड ५७ लाख ३६ हजार ९ सय ८५ र कर्जा लगानी रू ६३ करोड १० लाख २१ हजार ८ सय ३३ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खवर