जेसीज सप्ताह २०२३ को समापन - Crazysaptahik.com

जेसीज सप्ताह २०२३ को समापन

क्रेजी संवाददाता
पथरी । पथरी जेसीजद्वारा जेसीज सप्ताह–२०२३ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै समापन भएको छ ।
शुक्रबार भाउन्ने जंगलमा रहेका विभिन्न जंगली जनवारहरू विशेष गरेर बाँदरहरूलाई खाद्यान्न सामाग्रीहरू दिएर जंगली जनावरहरूसंग जेसीज’कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो ।
तेस्रो कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं १० मा रहेको मलामीघाट सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । हिमाल सेन्चुरीको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै गत बुधबार वडा नं १० को मोरङ्गी डाँस खोलामा रहेको मलामीघाट क्षेत्रमा जथाभावी रहेको फोहोर मैलालाई यस वर्ष पनि सरसफाई गरेको थियो ।
पथरीशनिश्चरे १० मा अवस्थित शिविरडाँडाका वृद्धाआश्रमका ५० जना वृद्ध– वृद्धाहरूलाई खीर खुवाएर ’बुबाआमासंग जेसीज’ कार्यक्रम सम्पन्न गरेको थियो ।

सम्बन्धित खवर