डाँस मोरङ्गी सामुदायिक वनको २२ औं साधारणसभा - Crazysaptahik.com

डाँस मोरङ्गी सामुदायिक वनको २२ औं साधारणसभा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभामा सम्पन्न भएको छ ।
शनिबार भएको साधारणसभाका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद डाक्टर सुनिल शर्मा रहेका थिए । शर्माले जनताले दिनरात दुःख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन गरेको सुझाएका छन् ।
उनले मुलुकमा जातीय, धार्मिक तथा अन्य विभिन्न प्रकारका द्वन्द्व, हिंसा र आन्दोलनका घटनाहरू बढ्नुमा प्रमुख जिम्मेवार राजनीतिक दलहरू भएको दावी गरेका छन् ।
यस्तै कोशी प्रदेशकी सांसद गीता तिम्सिनाले सामुदायिक वनहरूको पीर मर्काबारे प्रदेश सभामा आवाज उठाउने बताएकी छिन् ।
सोही क्रममा कोशी प्रदेश सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष अग्नि पौडेलले लोकतन्त्र र गणतन्त्र स्थापना भएको लामो समय भइसक्दा पनि सामुदायिक वन उपभोक्ता ऐन– नियमावली परिवर्तन हुन नसकेकोमा आक्रोश पोखेका छन् । यस्तै पथरी शनिश्चरे वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले पनि शुभकामना मन्तव्य राखेका थिए ।
आगामी आर्थिक वर्ष २०८०/०८१को लागि पथरीशनिश्चरे–१० जिरीखिम्तीमा डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष मदन पोखरेलले– वार्षिक कार्यक्रम तथा आगामी वर्षका लागि प्रस्तावित विनियोजित बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर