संविधान दिवसको अवसरमा पथरीशनिश्चरेमा दिप प्रज्वलन - Crazysaptahik.com

संविधान दिवसको अवसरमा पथरीशनिश्चरेमा दिप प्रज्वलन

क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीद्वारा नवौं संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ ।
आज साँझ नगरको पार्टी कार्यालय रत्नचौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो ।

नगर कमिटी अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ का इन्चार्ज एवं केन्द्रीय सदस्य नैनाकला ओझा र प्रदेश कमिटी सदस्य एवं नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । यस्तै सोही कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पार्टीका उपाध्यक्ष स्व. सुवास नेम्बाङ एवं सम्पूर्ण सहिदहरुकोको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्रदेश कमिटी सदस्य एवं निवर्तमान नगर प्रमुख दिलिपकुमार राई (किशोर), प्रदेश कमिटी सदस्य बिजय डाँगी, पर्शु मिश्र, नगर इन्चार्ज पार्थबहादुर बुढाथोकी, युवा संघ नगर अध्यक्ष उपेन्द्र मादेन लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.