सुन्दरफूल साकोसको १५ औं वार्षिक साधारणसभा - Crazysaptahik.com

सुन्दरफूल साकोसको १५ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता
पथरी । मोरङको उर्लाबारी ७ मा स्थापित सुन्दरफूल बचत तथा ऋण सहकारीले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बुधबार भएको साधारणसभामा विभिन्न विधाहरूमा शिक्षक, विद्यार्थी, विद्यालय लगायतलाई सम्मानित गरिएको हो । सो अवसरमा असल ऋणी सम्मान, शिक्षक तथा कर्मचारीका लागि दीर्घ सेवा सम्मान , विद्यालय तर्फबाट सञ्चयकोष बचत सम्मान , उत्कृष्ट जिपिए संस्थागत सदस्य विद्यार्थी सम्मान, उत्कृष्ट जिपिए सेयर सन्तती सम्मान तथा मरणोपरान्त शिक्षा सेवा सम्मान सहित विभिन्न सम्मानहरु प्रदान गरिएको थियो ।

कार्यक्रम अध्यक्ष तथा भूपू सैनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख सल्लाहकार गोपालप्रसाद रिमाल, संस्थापक अध्यक्ष केदार खनाल, सल्लाहकार नेवलकिशोर खनाल र टिकाप्रसाद दंगाल , लेखा संयोजक उद्धव निरौला सहितको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सो संस्थाका सचिव सन्तोष बस्नेतले गर्नु थियो ।

सम्बन्धित खवर