वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिमा बाँस्तोला - Crazysaptahik.com

वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिमा बाँस्तोला

क्रेजी संवाददाता
उर्लाबारी । समुदायमा आधारित जिल्लास्तरीय वन्यजन्तु चोरीसिकारी नियन्त्रण समितिको अध्यक्षमा उर्लाबारीका अर्जुन बाँस्तोला चयन हुनुभएको छ । मोरङको सुन्दरहैचामा भएको दुई दिने तालिमको समापनका अवसरमा उर्लाबारी २ स्थित बेतिनी सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बाँस्तोलाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शर्मिला लुङ्गेली मगर, सचिवमा इश्वरी घिमिरे, सहसचिवमा भुमिका आले, कोषाध्यक्षमा रामकुमार प्रधान तथा सदस्यहरुमा विष्णु कुँवर, हेम तमु, कृष्णकुमारी श्रेष्ठ र विशाल लिम्बु चयन हुनुभएको छ । । अमेरिकाको समुदाय संरक्षण संस्थाको सहयोग तथा समुदाय संरक्षण नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ मोरङको संयुक्त आयोजनामा समुदायिमा आधारित वन्यजन्तु चोरीसिकारी नियन्त्रण सम्बन्धि २ दिने तालिम आयोजना गरिएको थियो ।
तालिममा अन्तर्राष्ट्रिय स्तरमा सामुदायिक वनहरुको अभ्यास तथा अवस्था, सामुदायिक वनमा वन्यजन्तु चोरीसिकारी नियन्त्रण र वनजन्य उद्यमका विषयमा छलफल तथा प्रस्तुती भएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ मोरङकी महासचिव बालकुमारी कट्टेलको अध्यक्षतामा संचालित तालिममा अमेरिकाबाट आएका प्रतिनिधिसहित समुदाय संरक्षण नेपालका अध्यक्ष वीरेन्द्र महतो र समुदायमा आधारित वन्यजन्तु चोरीसिकारी नियन्त्रण समिति चितवनका अध्यक्ष बसन्त रानाले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर