क्रेजी संवाददाता
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मोरङले पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज पथरी शनिश्चरे वडा नं. १ मा अवस्थित नवर्देश्वर शिवालय मन्दिरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव रविन थापाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु र वार्डका निर्वाचित पदाधिकारीहरु साथै जिल्ला सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरिएको प्रदेश कमिटी सदस्य तथा पथरी शनिश्चरे नगर इञ्चार्ज दिलिप कुमार राई (किशोर)ले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अथिति केन्द्रीय सदस्य जीवन घिमिरेले पार्टीको नीति निर्देशन र आचरसंहिताको बारेमा प्रष्ट पार्नुभएको थियो ।
यसैगरी केन्द्रीय सदस्य नैनाकला अोझा, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, प्रदेश कमिटी सदस्य देवराज भण्डारी, प्रदेश कमिटी सल्लाहकार सदस्य मोहन प्रसाद तुम्बापो, जिल्ला कमिटी उपाध्यक्ष शान्ति लिम्बु साथै जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।