सभामुख र सांसदबाट राजीनामा देऊः नेकपा - Crazysaptahik.com

सभामुख र सांसदबाट राजीनामा देऊः नेकपा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुझाव दिएको छ । सभामुख र साँसद दुवै पदवाट राजिनामा दिन पार्टीका नेताहरुले सुक्राव दिएका हुन् ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सो बारे छलफल गर्न आज वसेको नेकपा सचिवालयको बैठकले सुझाव दिएको हो ।  महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’महरा दाङको निर्वाचन क्षेत्र नंवर ३ बाट निर्वाचित नेकपाका प्रभावशाली नेता हुन

सम्बन्धित खवर