अन्ततः सभामुख महराद्धारा राजिनामा - Crazysaptahik.com

अन्ततः सभामुख महराद्धारा राजिनामा


क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्ु ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले अनलाइनखबरलाई बताए । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपाले सभामुख र प्रतिनिधिसभा सदस्य ९सांसद दुवै पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिएको थियो । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी छन् । महराले भने सो आरोप अस्वीकार गर्दै आएका छन् ।

सम्बन्धित खवर