लर्डबुद्धले ग¥यो भत्ता वितरण - Crazysaptahik.com

लर्डबुद्धले ग¥यो भत्ता वितरण


भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्डबुद्ध वचत तथा क्रण सहकारी संस्थाले ‘ज्येष्ठ शेयर सदस्य भक्ता वितरण कार्यक्रम २०७६’ कार्यक्रम सम्पन्न गरेको छ । हरेक ३÷३ महिनाको अनिवार्य बचतबाट प्रति महिना १ प्रतिशतका दरले ११ जनालाई ज्येष्ठ भत्ता वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं–२ का वडाध्यक्ष तथा नगरप्रवक्ता यामप्रसाद गुरागाई र लर्ड बुद्ध साकोसका अध्यक्ष धनराज राई (अमिर) ले संयुक्त प्रदान गरेका थिए । भत्ता पाउनेहरुमा डम्बरबहादुर खाम्तेल राई, यज्ञबहादुर गुरुङ, कृष्णमाया राई, यज्ञप्रसाद ढुङ्गेल, छत्रराम अधिकारी, विष्णुकुमार श्रेष्ठ, प्रेमबहादुर कार्की, पदमबहादुर तामाङ, टेकबहादुर लिम्बु, रत्नकुमार भट्टराई र अम्बरबहादुर राई छन् । सोही कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि गुरागाईले वृद्ध–वृद्धाको सु–स्वास्थ्यको कामना गर्दै उक्त सहकारी सँस्थाले अत्यन्तै उदाहरणीय कार्य गरेको स्पष्ट पारे ।

उक्त कार्यक्रममा लर्ड वुद्ध सहकारी तथा क्रण सहकारी संस्थाका अध्यक्ष धनराज राई (अमिर) ले २०७७÷७८ सालदेखि कल्याणकारी कोष पथरीशनिश्चरे भित्र दैविक प्राकृतिक आपत्तिमा सहयोग गर्ने र नेपालभरि पनि मानवताका हैसियतले उक्त सहयोग लैजाने योजना समेत रहेको धारण व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव महेन्द्र ढुङ्गानाले गरेका थिए ।

सम्बन्धित खवर