मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना - Crazysaptahik.com

मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना


क्रेजी साप्ताहिक
पथरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री राईले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गर्ने शुभकामना व्यक्त गरेका छन् । विभिन्न जातजाति, भाषाभाषीलाई एकापसमा गाँसी सामाजिक भातृत्व कायम राखी राष्ट्रिय एकता कायम गर्न यस चाड सफल रहोस् भन्ने कामना समेत उनले गरेका छन् ।

सम्बन्धित खवर