चार्डपर्वमा कस्तो मेकअप उपयुक्त ? (विस्तृत विवरण) - Crazysaptahik.com

चार्डपर्वमा कस्तो मेकअप उपयुक्त ? (विस्तृत विवरण)

हामी यतिबेला चार्डपर्वको मौसममा छौं । वर्षकै ठूलो चार्डपर्व दशैंले सबैलाई ब्यस्त बनाएको छ । शहर, बजारदेखि मन्दिरसम्म मान्छेहरुको राम्रै भीड छ ।

अर्थात् अहिले सबैलाई दशैं लागेको छ । दशैं भन्ने बित्तिकै मिठो खाने, राम्रो लगाउने, चिटिक्क पर्ने चार्डको रुपमा लिइन्छ । यो पर्वमा बालबालिकादेखि बृद्ध(बृद्धासम्म उत्तिकै रमाउछन् ।

युवती तथा महिलाहरुलाई भने दशैंमा कसरी राम्री बन्ने भन्ने कुराले समेत सताउछ । दशैंको टीकाको दिन कस्तो मेकअप गर्ने, मन्दिर जाँदा कस्तो मेकअप गर्ने भन्ने उनीहरुको चिन्ताको विषय हुन्छ ।

चार्डपर्वमा कस्तो प्रकारको मेकअप उपयुक्त हुन्छ भन्ने बारेमा हामीले सिनियर मेकअप आर्टिस्ट सन्दिप डंगोलसँग कुराकानी गरेका छौं । मेकअप आर्टिष्ट डंगोल लामो समयदेखि नीलडेविड्स मेकअप एकेडेमी, काठमाडौंमा बरिष्ठ प्रशिक्षकको रुपमा समेत कार्यरत छन् ।

चार्डपर्वमा कस्तो प्रकारको मेकअप गर्ने ?
चार्डपर्वको बेला महिलाहरुले प्रायः प्राकृतिक तथा ग्लोइङ फ्रेस मेकअप गर्नुपर्छ । अहिलेको सिजनमा यही मेकअप लोकप्रिय समेत भईरहेको छ । यस्तो मेकअपले हरेक प्रकारका छालालाई आकर्षक देखाउन सहयोग र्पुयाउछ । हामी सबै व्यक्तिहरुलाई प्रकृतिले नै छाला, आँखा, चिउडो, ओठ जस्ता सुन्दर अंगहरु प्रदान गरेको छ । हामीले यी अंगहरुलाई थोरै मात्र मेकअप र्गयौं भने पनि हामीले हाम्रो सौन्दर्यप्रति चिन्ता गर्नै पर्दैन ।

कस्तो अनुहारमा कस्तो प्रकारको मेकअप सुहाउछ ?

जहाँसम्म तपाईंले आफूलाई सुन्दर बनाउने कुरा छ, हरेक प्रकारका मेकअपले तपाईंलाई सुन्दर नै बनाउछ । तर, मलाई लाग्छ छालाको प्राकृतिक रङ्गसँग मिल्ने हल्का मेकअप प्रायः सबैलाई सुहाउछ । आँखामा न्यूट्रोल टोन उत्कृष्ट देखिन्छ । कम उमेरका किशोरी तथा बृद्धाहरुलाई यस्ता मेकअप सुहाउछ भने टिनएजर्स युवतीहरुले त आफ्नो रोजाईका रंग प्रयोग गर्दै मेकअप गर्न सक्छन् ।

मेकअप गर्दा कुन–कुन कुरालाई ध्यान दिनुपर्छ ?
एउटा राम्रो मेकअप गर्नुभन्दा पहिला छालाको सुरक्षा महत्वपूर्ण कुरा हो । वास्तवमा, मेकअप गर्ने क्रममा फाउण्डेसन लगाउनुभन्दा पहिला प्राइमर लगाउनुपर्छ । यसोगर्दा तपाईंको मेकअप लामो समयसम्म टिक्ने मात्र होइन, त्यसले छालालाई पनि सुरक्षित बनाउछ । पसिना, आद्रता तथा लामो समयसम्म मेकअप बचाउन चाहानुहुन्छ भने तपाईंसँग मेकअप सेटिङ(स्प्रे हुनु अनिवार्य छ ।

मौसमले मेकअपमा कुनै असर गर्छ कि गर्दैन ?
हामीले फलो गर्ने फेसन टे्रेण्ड तथा लगाउने पहिरनले मेकअप टे्रण्डलाई पनि प्रभाव पारिरहेको हुन्छ । जसरी मौसम अनुसार पहिरनको फेसन तथा पहिरनको छनोट पनि परिवर्तन हुन्छ, ठिक त्यसैगरी मेकअप गर्ने शैली पनि मौसम अनुसार फरक(फरक हुन्छ । मौसमले अवश्य पनि हाम्रो छालाको बनावटलाई प्रभाव पार्छ ।

जस्तो जाडो मौसममा अधिकांश ब्यक्तिको छाला सुख्खा हुने अथवा फुट्ने समस्या उत्पन्न हुन्छ भने गर्मी मौसममा छाला तैलीय हुने सम्भावना रहन्छ । त्यसैले हामी गर्मीका लागि मेट फाउण्डेसन सिफारिस गर्छौंं भने जाडो मौसममा हाइड्रेटिङ डिउ फाउण्डेसन लगाउने सिफारिस गर्छौं ।

मेकअपमा ब्राण्डले कस्तो असर गर्छ ?
नक्कली चिनियाँ मेकअप ब्राण्डहरु बजारभरी उपलब्ध छन् । तिनीहरुले नेपालको मेकअप बजारलाई कब्जा गरिरहेका छन् । तर, मानिसहरुले के बुझ्नु अनिवार्य छ भने मेकअपका उच्च ब्राण्डहरुलाई हामीले विश्वास गर्नुपर्छ ।

किनभने उच्च ब्राण्डहरुले ती उत्पादनहरुलाई तयार पार्नका लागि धेरै समय खर्चिएका हुन्छन्, विभिन्न प्रकारका परिक्षणहरु गरेका हुन्छन् र ती प्रशाधनहरुले हाम्रो छालाको सुरक्षाको लागि समेत विभिन्न सचेतनाहरु अपनाएका हुन्छन् ।

तर, नक्कली तथा सस्ता सौन्दर्य प्रशाधनहरुमा भने हानिकारक रसायनहरुको प्रयोग अत्यधिक मात्रामा गरिएको हुन्छ । जसले हाम्रो छालाको प्राकृतिक गुणलाई नै नष्ट पारिदिन्छ । यतिमात्र होइन, नक्कली सौन्दर्य प्रशाधनले छालालाई बाहिरी रुपमा पनि निकै हानि र्पुयाइरहेको हुन्छ । त्यसैले केही महंगो पर्ने भएपनि हामी उच्च ब्राण्डका सौन्दर्य प्रशाधनहरु मात्रै प्रयोग गर्न सल्लाह दिन्छौं ।

हेयर स्टाइल गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
जब हेयर स्टाइलिङको प्रसंग आउछ, हामीले के बुझ्नु अनिवार्य छ भने एउटा स्वस्थ केश आफैंमा एउटा स्टाइल हुन्छ । केशमा विभिन्न प्रकारका रंगहरुको प्रयोग गरेर तपाईंले आफ्नो व्यक्तित्वलाई उच्च बनाउन सक्नुहुनेछ ।

तर, रंगहरुको अत्यधिक प्रयोग पनि केशका लागि हानिकारक हुन्छ । टे्रन्डिङमा भएका केही स्टाइलहरु तपाईंको लागि उपयुक्त छन् अथवा ती स्टाइलहरु फलोगर्दा तपाईं सुन्दर नै देखिनुहुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । त्यसैले हेयर स्टाइलिङ गर्नुअघि एउटा राम्रो हेयर स्टाइलिससँग सल्लाह गर्नु सबैभन्दा अनिवार्य छ । उनले तपाईंको अनुहारको बनावट, छालाको बनावट अनुसार उपयुक्त हेयर स्टाइलका बारेमा सल्लाह दिन सक्नेछन् ।

पछिल्लो समय कस्तो शैलीको हेयर स्टाइल तथा कलर चलेको छ ?
यतिबेला फेसनमा दुई प्रकारका हेयर स्टाइल ट्रेन्डिङमा छन्, पहिलो ‘सर्ट(एजी हेयरकट्स’ तथा दोस्रो ‘लङ ग्ल्यामरस हेयर स्टाइल्स विथ सफ्ट टेक्चर ।’ तर, जहाँसम्म केशको रंगको कुरा छ, मानिसहरुले अहिले पनि प्रयोग नै गरिरहेका छन् । किशोर किशोरीहरुले भने आफूलाई खरानी, नीलो, हरियो, रातो, गुलाबी, सुन्तले आदि रंगमा समेत सजाइरहेका छन् । केशमा कलर गर्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत रुचिको विषय रहँदै आएको छ ।

–अनलाइनखबरबाट

सम्बन्धित खवर