कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति - Crazysaptahik.com

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति


क्रेजी साप्ताहिक
पथरी । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अनुमति दिएको हो ।अदालतको यो अनुमतिसँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

सम्बन्धित खवर