क्रेजी साप्ताहिक
पथरी । चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समय अगाडी नेपाल आइपुगेका छन् । उनी भारतको चेन्नईबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । एयर चाइनाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन् ।
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने्छिन् । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसमेत विमानस्थल पुगेका छन् ।
चिनियाँ राष्ट्रपति विमानस्थलबाट सिधै होटल सोल्टीमा जानेछन् । त्यहाँ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् । चिनियाँ राष्ट्रपतिले शनिबार नै राष्ट्रपति भण्डारीसँग भेट्ने कार्यक्रम छ ।