क्रेजी साप्ताहिक
पथरी । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनिया राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार अपरान्ह नेपाल आएका सीले विभिन्न राजनितिक दलका नेताहरुसँग भेट वार्ता गरेका थिए ।
सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाई गरेका छन् । बिदाईका क्रममा विमानस्थलमा सीलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । बिदाईको क्रममा विमानस्थलमा नेपाली साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नेपालमा रहँदा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आइतबार द्वीपक्षीय हितका विभिन्न विषयमा छलफल र सम्झौता पनि भएको छ।