विमानस्थल तोडफोड गर्ने सांसद शाह पक्राउ  - Crazysaptahik.com

विमानस्थल तोडफोड गर्ने सांसद शाह पक्राउ 

क्रेजी साप्ताहिक
पथरी । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा उनिविरुद्ध उजुरी परेसँगै महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट उनलाई पक्राउ गरेको हो ।  उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ । सर्लाहीबाट निर्वा्चित सांसद साहमाथि सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोप छ ।

आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित खवर