
क्रेजी साप्ताहिक
पथरी । मोरङको उर्लाबारीमा अवस्थित नमूना बाल गृहमा आश्रित ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । बालगृहले नै उनीहरुको नागरिकता बनाइदिएको हो ।
उर्लाबारी नगरपालिकाले यहाँका प्रत्येक बालबालिकाको जन्मदर्ता गर्ने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बाल गृहले नागरिकता बनाइदिने गरेको बालआस्रमकी अध्यक्ष मिना बरालले बताइन् । नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्दा अहिलेसम्म कुनै कानूनी र व्यवहारिक अड्चन भने नदेखिएको उनको भनाई छ । सबैको साथ र सहयोगका कारण नागरिकता बनाउन सहज भएको उनले बताइन् ।
’बालगृहमा आश्रित ७ जना सक्षम भएर हाल अध्ययनसँगै रोजगारीसमेत गरिरहेका छन्,’उनले भनिन्,’हामीले उनीहरुलाई आफन्तको खोजी गरी पुर्नस्थापित पनि गरिसकेका छौं ।’ त्यस्तै, रीता विकले गृहबाटै विवाह गरी आफ्नो घरजम गरेर बसेकी छिन् भने राम राउत बालगृहकै एबुलेन्स चलाउँछन् । राउतको पनि बाल गृहबाटै विवाह गराउने अध्यक्ष मिनाको योजना छ ।

