तरुणदल सुनसरी सभापति गुरुङले भिन्न तरिकाले मनाए जन्मोत्सव - Crazysaptahik.com

तरुणदल सुनसरी सभापति गुरुङले भिन्न तरिकाले मनाए जन्मोत्सव

क्रेजी साप्ताहिक
पथरी । सामान्यतया जन्मोत्सवमा केक काटिन्छ तर  ।तरुण दल सुनसरीका सभापति सिजन गुरुङले आफ्नो जन्मोत्सव भिन्न गरिकाले मनाएका छन् । असाहाय तथा मानसिक अवस्था कमजोर भएका, सडकमा बेवारिसे अवस्थाामा रहेकाहरुलाई खाना खुवाएर गुरुङले आफ्नो जन्मोत्सव मनाएका हुन् । सामाजिक क्रियाकलापहरूमा सकृय गुरुङले आफ्नो जन्मोत्सवको अवसर पारी इटहरी स्थित मायाघर नेपालमा आश्रितहरुलाई तरुण दल सुनसरीले एक दिनको खाना खुवाएर सहयोग गरेका हुन् ।

गुरुङले आफ्नो जन्मोत्सवको अवसर पारेर मायाघर नेपाललमा सहयोग स्वरुप खाना खुवाएको र आफ्नो जन्मोत्सव भन्दा पनि यस माया घरमा रहेका असाहयहरुलाई एक दिन मिठो खाना खुवाउन सकेको खण्डमा मानवियताको बिकास हुने सोचका साथ यस्तो कार्यक्रमको आयोजना गरेको बताए । करिब ३५ जना असाहाय तथा मानसिक अवस्था ठिक नभएकालाइ आश्रय प्रदान गर्दै आएको माया घरमा पछिल्लो समय बिभिन्न सामाजिक संघ सस्थाहरुले सहयोग गर्ने क्रम बढेको अवस्था रहेको छ भने आफ्नो जन्मोत्सवको अवसरमा मायाघरमा आश्रय लिईरहेकाहरुलाई खाना खुवाउनेको संख्यामा पनि बृद्धि हुदै गएको मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिएकी छिन् । सौमाया गुरुंगको अध्यक्षतामा भएको कार्यक्रममा जुनियर मायाघरका अध्यक्ष सजन भण्डारी, निश्चल पलीखे लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर