उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई - Crazysaptahik.com

उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक वनले प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गरेको छ । मंगलवार विराटनगरमा उद्योग,पर्यटन वन तथा वातावरणमन्त्रि जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमकाविच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरीएको हो ।

बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा समितिले रोक लगाउनुका साथै प्रकृति पुजा,ज्येष्ठ नागरीकलाई सम्मान लगायतका विभिन्न उदाहरणीय कार्य गर्दै आएकोले यस वनलाई उत्कृष्ट प्रादेशिक वनको रुपमा नगद ६० हजार सहित पुरस्कृत गरिएको हो ।  वन एैन २०४९ र वन नियमावली २०५१ को अधिनमा रहि वन संरक्षण गर्दै आएकोले पनि यस वन पुरस्कृत भएको समितिका अध्यक्ष गंगा साँवाले बताए । पुरस्कार प्राप्त गर्नुमा समितिको मात्र नभइ उपभोक्ताहरुको उत्तिकै हात रहेको भन्दै आज एक कार्यक्रमको आयोजना गरि पुरस्कार सार्वजनिक तथा सवैलाई धन्यवाद समेत दिनुका साथै उपभोक्ता र समितिविच खुसियाली आदानप्रदान समेत गरिएको छ ।

वि.सं २०६२ भाद्र २५ गते हस्तान्तरण भएको यस वनको भुभाग १५.२१ हेक्टर रहेको छ । वनको आकर्षक गेट र सिरिजंगा सिङ थेवेको विशाल शालिकले यस बनको भु–भागमा आन्तरिक पर्यटकहरुको आवागमन समेत हुने गरेको छ ।

सम्बन्धित खवर