नोवेलको वृहत निःशुल्क स्वास्थ्य शिविर हुने - Crazysaptahik.com

नोवेलको वृहत निःशुल्क स्वास्थ्य शिविर हुने


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कार्तिक १४ गते विहिवार पथरीशनिश्चरे १० को जिरिखिम्तिमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा सो स्वास्थ्य शिविर रहने भएको हो ।

नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा हुनेस्वास्थ्य शिविर जालपा सिंहदेवि आधारभुत विद्यालयमा रहने छ । शिविरवाट सेवाग्राहीले छाला तथा यौनरोग, मानसिक तथा नसा रोग, बालरोग,दन्तसेवा, न्युरो सर्जरी, फोक्सो रोग लगायतका अन्य विभिन्न समस्याका पिडितहरुले लाभ लिन सक्ने क्लवका अद्यक्ष ज्ञानेनद्रप्रसाद ढुंगानाले बताए ।साथै सोही दिन रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको ढुँगानाले जानकारी दिए ।

सम्बन्धित खवर