क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पुर्वमै सक्रिय एभरेष्ट आर्ट फ्युजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु हुने भएको छ ।
मध्यान्ह १२ बजे वडा नम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन हुने संस्थाका अध्यक्ष षडानन्द सुवेदी निश्चलले बताए । यसका साथै वडा नम्वर १ को पथरी बजार, १० को नयाँमंगलबारे सहित नगरका १ दर्जन ठाउँमा बालन, खैंजडी, कविता, गीत, गजल, मुक्तक, नृत्य सहितको मौलिक देउसी प्रस्तुति पनि रहने उनले जानकारी दिए ।.