काठमाडौं । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका खनाल स्वास्थमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन् । चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो उनको डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले जारी गरेको विज्ञप्ति अनुसार ‘उहाँको स्वास्थ्यमा यस अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी राखेर आज दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।