नेपाली जनता अभिभावक विहीन: पूर्वराजा ज्ञानेन्द्र शाह - Crazysaptahik.com

नेपाली जनता अभिभावक विहीन: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरुमा विजया दशमीको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति एवम् समृद्धिको कामना व्यक्त गर्नुभएको हो ।

आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भन्नुभएको छ, ‘विश्व मानव जगतले असहजता र कठिनाइको सामना गरिरहेको स्थितिमा हर्षोल्लासका साथ विजय दशमी मनाउन सकिने अवस्था नरहेको बताउँदै यति बेला नेपाली जनता अभिभावक विहीनको टुहुरो जस्तो अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ ।’

आफ्नो शुभकामना सन्देशमा ज्ञानेन्द्रले भन्नु भएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

सम्बन्धित खवर