क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिवेशनले ५ पदाधिकारी सहित ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चुनिएको हो ।
कार्यसमितिमा अध्यक्ष नबिन कार्की, उपाध्यक्ष फुलाराम चौधरी, सचिव पुष्प पौडेल, उप–सचिव मुना गीरी र रमेश कटुवाल सहित ३१ कार्यसमिति चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य तथा पथरीशनिश्चरे नगर उप–प्रमुख यमुना बिष्ट बास्तोलाले सफतग्रहण गराएकी थिइन् ।