पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर - Crazysaptahik.com

पथरीशनिश्चरेमा नेकपा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता
पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  ।

मंगलबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध दर्जनौं नेता कार्यकर्ता एवम् स्थानीय बामवुद्धिजीवीहरू एमाले प्रवेश गरेका छन् । पथरी बहुमुखी क्याम्पसमा वडादशैंको उपलक्ष्यमा नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीले बाम प्रजातान्त्रिक बुद्धिजीवीमाझ आयोजना गरेको भेटघाट एवं चियापान कार्यक्रमको सन्दर्भमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

पथरीशनिश्चरेमा प्रवेश गर्नेहरुमा क्रमशः नागेश काफ्ले, लक्ष्मी ढुंगेल दाहाल, धनकुमार सुब्बा, रोहित बास्तोला, सुवाष लुइँटेल, लक्ष्मी लुइँटेल, षडानन्द अधिकारी, भवानी तिम्सिना, दयासागर तिम्सिना लगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले अबिर र खदा लगाएर स्वागत गरेका थिए । यस्तै पार्टीको केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुनकुमार क्षेत्री, नगर प्रमुख एवं पार्टी प्रदेश कमिटी सदस्य मोहनप्रसाद तुम्बापो, देवराज भण्डारी, दिलिपकुमार राई (किशोर), बिजय डाँगीले सम्मान व्यक्त गरेका थिए ।

अब केही दिनमै पुनः यस किसिमको पार्टी प्रवेश कार्यक्रम अझ तिव्र गतिमा अघि बढ्ने प्रदेश कमिटी सदस्य विजयी डाँगीले जानकारी दिए । डाँगीले भने–‘पथरीशनिश्चरेका अन्य केही दिग्गज व्यक्तित्वहरु पनि एमालेमा प्रवेश गर्ने योजनामा हुनुहुन्छ । सो विषयमा तिव्र रुपमा कुराकानी भइरहेको छ ।’

प्रवेश गर्नेहरुले एमाले स्थायी कमिटी सदस्य एवं संघीय जनप्रतिनिधि भानुभक्त ढकालले यस स्थानको विकासप्रति प्रशंसालायक कार्यहरु गरेकोले आफूहरु पनि एमालेमा प्रवेश गरेको सुझाए ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य पर्शुराम मिश्र, जिल्ला सदस्य पार्थबहादुर बुढाथोकी, भगतचन्द्र थपलिया, राजु तिम्सिना, वुद्धिजिवी परिषद् जिल्ला सदस्य उपेन्द्र बस्नेत, सुरेश कटुवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष रमेश दाहाल रहेका थिए भने कार्यक्रम सञ्चालय कार्यालय सचिव रोशन बुढाथोकीले गरेका थिए ।

सम्बन्धित खवर