माओवादी केन्द्र पथरीशनिश्चरेका वौद्धिक नेता एमालेमा प्रवेश - Crazysaptahik.com

माओवादी केन्द्र पथरीशनिश्चरेका वौद्धिक नेता एमालेमा प्रवेश

क्रेजी संवाददाता
पथरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङको पथरीशनिश्चरेमा पनि नेता–कार्यकर्ताको एमाले प्रवेशको लहर चलेको छ  ।

सोही क्रममा पथरिशनिश्श्चरे नगरका माओवादी केन्द्रका वौद्धिक नेता केशवप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

मंगलबार साँझ दाहाललाई नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकमा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा खदा ओढाई पार्टीमा स्वागत गर्नुभएको प्रदेश नं. १ कमिटी सदस्य बिजय डाँगीले जानकारी दिनुभयो ।

दाहाल लामो समय शिक्षण पेशामा आवद्ध रही माओवादी केन्द्र मोरङ जिल्लाकै विचारशील वौद्धिक व्यक्तित्व मानिनुहुन्थ्यो ।

सम्बन्धित खवर