नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग - Crazysaptahik.com

नेकपा एमाले मोरङमा तिव्र असन्तुष्टी, बस्नेत सहित ५ नेताद्वारा पार्टी परित्याग

क्रेजी समाचारदाता
पथरी । नेकपा एमाले मोरङमा नेता तथा कार्यकर्ताको तिव्र असन्तुष्टी बढ्दै गएको छ । टिकट वितरणमा असन्तुष्टी पोख्दै नेताहरुले धमाधम पार्टीबाट राजीनामा दिनेको लर्काे लागिरहेको छ ।

शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडा, प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा, केराबारी गाउँ कमिटी अध्यक्ष देविलाल लिम्बु सहित २० जनाले पदबाट राजिनाम दिएका छन् ।

यस्तै आइतबार एमाले मोरङका जिल्ला कमिटी सचिवालय सदस्य मेघराज कट्टेलले राजिनामा दिएका छन् । उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहँदा एमाले मोरङ पार्टी छाड्नेको संख्या रोकिएको छैन ।

आइतबार दिउँसो पाँच नेताहरुले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । पार्टीबाट राजीनामा दिनेहरुमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत, प्रदेश सदस्य प्रतापकुमार थापा, मधु गुरुङ, राजकुमार बस्नेत र जिल्ला कमिटी सचिवालय सदस्य गीता सिवा रहेका छन् ।

संयुक्त राजीनामा पत्र जारी गर्दै उनीहरुले पार्टीले आम कार्यकर्ताको भावना र चाहना विपरीत गतिविधि गरेको महशुस गरी पार्टीबाट अलग भएको बताएका छन् ।

आफूहरुजस्तै पार्टीबाट अपमानित भएकाहरुलाई पार्टीबाट अलग हुन र आगामी दिनमा स्वतन्त्र भएर राजनैतिक, सामाजिक अभियानमा सामेल हुनसमेत उनीहरुले आग्रह गरेका छन् ।

सम्बन्धित खवर