क्रेजी संवाददाता
हसन्दह । पथरीशनिश्चरेकी नगर उप–प्रमुख देवीमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न नगर तयार रहेको बताउनुभएको छ ।
शुक्रबार हसन्दह रेडक्रसको १५ ओैं साधारणसभाको प्रमुख अतिथि रहनुभएकी काफ्लेले सो कुरा उद्घोष गर्नुभएको हो । रेडक्रसले सो अवसरमा १५ जनालाई सम्मान गरेको छ ।
रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा आयोजना गरेका मानवीय काममा सहयोग पुर्याउने ६ जना, जनप्रतिनिधि भइ रेडक्रसको वृद्धि विकासमा सहयोग पुर्याउने ३ जना, सामाजिक कार्यमा सहयोग पुर्याउने आजप्वन जेष्ठ सदस्यहरू ४ जना र सामाजिक क्षेत्रमा काम गर्ने २ जनालाई प्रमाणपत्र, दोसल्ला ओडाएर सम्मान गरिएको हसन्दह रेडक्रस अध्यक्ष भोलानाथ घिमिरेले बताउनुभयो ।