मोरङ क्षेत्र नं. ३ मा एमाले प्रवेशको लहर - Crazysaptahik.com

मोरङ क्षेत्र नं. ३ मा एमाले प्रवेशको लहर

क्रेजी संवाददाता
कानेपोखरी । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनको सम्मुखमा नेकपा एमाले प्रवेशको लहर देशव्यापी रुपमा चलेसँगै मोरङ क्षेत्र नं. ३ मा पनि प्रवेशको लहरै चलेको छ ।

सो कार्यमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार भानुभक्त ढकालले आफ्नो अभियानमा कार्यकर्ताहरुलाई जोड्दै अन्य पार्टीबाट नेता कार्यकर्ता भित्राउने कार्यलाई तिव्रता दिएका छन् ।

सोमबार मोरङ कानेपोखरीमा राष्ट्रिय युवा संघ कानेपोखरीले आयोजना गरेको वृहत् कार्यक्रममा पथरीशनिश्चरे–४ का पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारीलाई नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन । स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठूलो धक्का लागेको छ । भण्डारीसँगै भगवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार लगायतका माओवादी नेता पनि एमालेमा प्रवेश गरेका छन् ।

यसअघि पथरिशनिश्श्चरे नगरका माओवादी केन्द्रका वौद्धिक नेता केशवप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । यस्तैगरी पथरीशनिश्चरेकै नागेश काफ्ले, लक्ष्मी ढुंगेल दाहाल, धनकुमार सुब्बा, रोहित बास्तोला, सुवाष लुइँटेल, लक्ष्मी लुइँटेल, षडानन्द अधिकारी, भवानी तिम्सिना, दयासागर तिम्सिना लगायत पनि एमाले प्रवेश गरिसकेका छन् ।

ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडि बढाएका छन् । त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाएका छन् । कानेपोखरीको रमाइलोमा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं. ३ क का उम्मेद्वार दिलिप कुमार राईले पनि आफ्ना मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर