किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो - Crazysaptahik.com

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो

क्रेजी संमाचारदाता
पथरी । ‘पहिचानको पक्षमा हाम्रो कलम’ भन्ने मूल नाराका साथ किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस कार्यक्रम मोरङ जिल्ला कार्यसमितिले मनाएको छ ।
आज मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित साकेला थानमा स्थापना दिवसको कार्यक्रम आयोजना भएको थियो । सो कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राई, किरात राई खेलकुद संघका अध्यक्ष सन्जय राई र नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले मन्तव्य राख्नुभएको थियो ।
किरात राई पत्रकार संघ मोरङका अध्यक्ष बिजय खम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा यायोख्खा पथरी नगर अध्यक्ष प्रेम वाम्बुले, मोरङ जिल्ला यायोख्खाका सचिव काशीहाङ राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर