कोशी प्रदेश सदस्यमा निर्वाचितहरूलाई वडाद्वारा सम्मान - Crazysaptahik.com

कोशी प्रदेश सदस्यमा निर्वाचितहरूलाई वडाद्वारा सम्मान

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले कोशी प्रदेश सदस्यमा पथरीशनिश्चरेबाट निर्वाचित प्रदेश कमिटी सदस्यहरु दिलिप कुमार राई (किशोर), देवराज भण्डारी र यमुना बिष्ट बास्तोलालाई नेकपा एमाले पथरीशनिश्चरे ३ नम्बर वडा कमिटीले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ ।


वडा कमिटीका अध्यक्ष खगेन्द्र लुइटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा तीनै जनालाई खादा लगाएर सम्मान गरिएको हो । जिल्ला कमिटी सल्लाहकार ज्ञानेन्द्र अधिकारी, नगर कमिटी सचिवालय सदस्य रोशन बुढाथोकी, केदार चौहान, नगर कार्यपालिका सदस्य अन्जना शिवा, पूर्व जनप्रतिनिधि देवी घिमिरे, पूर्व वडा कमिटी अध्यक्ष गणेश बाछाना, अग्रज हरिलाल गौतम र नगर कमिटीका सदस्य र वडा कमिटी सदस्यहरुको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेताहरुले पार्टीको काम इमान्दारिताका साथ गर्ने र नीति विधि अनुरुप कार्यकर्ताको मनोभावना अनुरुप काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित खवर