बुद्धचौकमा अवस्थित लर्डबुद्ध सहकारीको २१ औं साधारणसभा सम्पन्न - Crazysaptahik.com

बुद्धचौकमा अवस्थित लर्डबुद्ध सहकारीको २१ औं साधारणसभा सम्पन्न

क्रेजी संवाददाता
पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे–२ को २१ औं साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष धनराज राई (अमिर)को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राई रहनुभएको थियो ।
आज पथरीशनिश्चरेको नर्वदेश्वर मन्दिर परिसरमा भएको साधारणसभामा संस्थाको पूर्व सञ्चालक निमाकुमारी तामाङ र मानबहादुर लिम्बुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट वचतकर्ता गणेश राई, पबित्र गजुरेल, उत्कृष्ट कारोबार गर्ने रन्जित गुप्ता, धनबहादुर तामाङ र बाल वचतकर्तामा लक्ष्मी गुप्तालाई पनि सम्मान गरिएको थियो । साधारणसभामा पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), वडा नं. ३ का अध्यक्ष बिजय लिम्बु, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ४ नं वडाका पूर्ब वडाध्यक्ष गोबिन्द भण्डारी, वडा सदस्यहरु लगायत अतिथि रहेका थिए ।
संस्थाको सचिव महेन्द्र ढुंगानाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दोर्ण पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
३ हजार ६६ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड १४ लाख १६ हजार १ सय रहेको छ । आ.व. २०७९/०८० मा ४५ लाख १८ हजार ७ सय ७५ शुद्ध वचत रहेको संस्थाले प्रतिवेदन प्रस्तुत गरेको छ । १ करोड ७३ लाख ५३ हजार ३ सय ७८ निक्षेप रहेको संस्थामा २२ करोड २४ लाख ८६ हजार ८ सय ४५ वचत प्रस्तुत गरिएको थियो । संस्थाले हरेक वर्ष सामाजिक कार्य गर्नुका साथै अतिरिक्त क्रियाकलापहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर