१० दिने कुलपुत्र प्रवज्या कार्यक्रमको समापन - Crazysaptahik.com

१० दिने कुलपुत्र प्रवज्या कार्यक्रमको समापन

क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा १० दिने कुलपुत्र प्रवज्या कार्यक्रमको आज समापन भएको छ ।
नेपाल मगर बौद्ध सेवा समाज मोरङको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि भिक्षु उदय सेन रहनुभएको थियो । नेपाल मगर बौद्ध सेवा समाज र नेपाल मगर संघ (पट्टकुङ्ग सार बौद्ध विहार, पथरीको व्यवस्थापनमा भएको थियो ।
असोज १९ गतेदेखि भएको सो कार्यक्रम आजसम्म सम्पन्न भएको हो । प्रदेश नं. १ भरिका शिक्षुहरुको उपस्थितिमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय सदस्य टंक राना मगरले बताउनुभयो । यस पटकको कुलपुत्र प्रवज्याबाट प्रदेश नं. १ बाट २६ जना भिक्षुहरु भए ।

सम्बन्धित खवर