एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने - Crazysaptahik.com

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने

क्रेजी संवाददाता
विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यही कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता रहने एमाले मोरङले जनाएको छ ।
नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख तथा कार्यक्रम प्रचार समितिका संयोजक सन्तोष बान्तवाका अनुसार कार्यक्रममा प्रदेशभरिका पार्टीका नेताकार्यकर्ताका साथै मोरङका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहनेछ । कार्यक्रमलाई सफल बनाउन आज बसेको समितिको बैठकले विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरेको वान्तवाले बताउनुभयो । उहाँका अनुसार प्रचारप्रसारको जिम्मेवारी प्रचार विभागले गर्ने छ भने आन्तरिक व्यवस्थापनको काम मोर्चा विभाग र महानगर कमिटीका अध्यक्षलगायतलाई दिइएको छ ।
यसैगरी साँस्कृतिक कार्यक्रमको जिम्मेवारी जनसांस्कृतिक महासंघलाई दिइएको छ । यस्तै आर्थिक लगायतका अन्य क्षेत्रको जिम्मेवारी पार्टी अध्यक्ष ऋषिकेश पोखरेल तथा कार्यक्रम संयोजक बाबुराम कार्कीलगायतले हेर्ने गरि जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख बान्तवाले बताउनुभयो ।

सम्बन्धित खवर