लर्डबुद्धको २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरू सम्मानित - Crazysaptahik.com

लर्डबुद्धको २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरू सम्मानित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ बुद्धचौकमा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
आज संस्थाले उत्कृष्ट वचतकर्ता गंगा राई, खगेन्द्रकुमार सारु मगर, उत्कष्ट ऋण कारोबार गर्ने कमला राई, अर्जुन सेन्चुरी र पूर्व सञ्चालक अमृता अधिकारी खत्रीलाई सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर ७ नं. वडा अध्यक्ष उद्धवराज बस्नेत, ३ नं. वडा अध्यक्ष विजय लिम्बु, संस्थाका अध्यक्ष धनराज राई (अमिर), पूर्व अध्यक्ष दिलबहादुर तामाङ लगायतबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
साकोसले ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई मासिक ८ सय ५० को दरले जेष्ठ नागरिक भत्ता वितरण गर्दै आएको छ । जेष्ठ नागरिक जहरमान लिम्बु लगायतलाई एकमुष्ट भत्ता वितरण गरिएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष दोर्णबहादुर खड्काबाट आर्थिक प्रतिवेदन, सचिव महेन्द्र ढुंगानाबाट प्रगति प्रतिवेदन, लेखा समिति संयोजक चन्द्रप्रसाद खनालबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।
साकोसमा ३ हजार ३ सय ५२ शेयर सदस्य, ७ सय ९७ जना बाल बचत कर्ता रहेको छ । साकोसमा २७ करोड ५९ लाख ६६ हजार ५ सय ८९ कुल पुँजी रहेको छ । जसमध्ये २ करोड ५१ लाख ५८ हजार २ सय शेयर पुँजी, २२ करोड ३ लाख २९ हजार ६ सय ७२ निक्षेप रहेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३४ करोड ४० लाख ९७० सुद्ध वचत (खुद नाफां)ं रहेको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
साकोसले प्रत्येक वर्ष रक्तदान कार्यक्रम, विद्यालय स्तरीय वतृत्व कला प्रतियोगिता, निम्न वर्गीय शेयर सदस्यहरुका छोराछोरीलाई छात्रवृत्ति लगायत शैक्षित तथा समाजिक कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको छ । संस्थाले खुद नाफा भने गत आर्थिक वर्ष भन्दा १० लाख ७७ हजार ८ सय ५ रुपैयाँले घटेको छ । खुद नाफा घट्नुको कारण मन्दीको कारण ऋण असुली नभएको संस्थाका व्यवस्थापक गणेश बाछानाले जानकारी दिए ।

सम्बन्धित खवर