भारतीय प्रधानमन्त्री मोदीको बारेमा पुर्वी नेपालको विराटनगर पुगेर गर्जिए प्रचण्ड - Crazysaptahik.com

भारतीय प्रधानमन्त्री मोदीको बारेमा पुर्वी नेपालको विराटनगर पुगेर गर्जिए प्रचण्ड

विराटनगर- नेकपाका अध्यक्ष प्रचण्डले विराटनगर पुगेर मोदीका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने नआउने विषय ठुलो नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले विराटनगरमा पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी डिसेम्बरमा नेपाल भ्रमण आउने चर्चा चले पनि त्यसको औपचारिक निर्णय भने नभएको बताएका छन् । प्रचण्डले मोदी नेपाल भ्रमण नआउनु ठूलो कुरा नभएको प्रतिक्रिया समेत दिए ।

भारतीय प्रधानमन्त्री मोदी धेरै पटक नेपाल भ्रमणमा आइसकेको बताउँदै उनले यो पटक उनी नेपाल नआए त्यो कुनै ठूलो खबर नहुने बताए । प्रचण्डले सरकारले गियर फेरेर भए पनि तिब्र गतिका साथ अगाडि बढ्ने प्रचण्डले बताएका छन् ।

सम्बन्धित खवर