भानुचोकमा सडक बालबालिकालाई काङग्रेसका उम्मेद्धार तिलक राईद्धारा खाना वितरण - Crazysaptahik.com

भानुचोकमा सडक बालबालिकालाई काङग्रेसका उम्मेद्धार तिलक राईद्धारा खाना वितरण


क्रेजी साप्ताहिक । धरानस्थित भानुचोकमा रहेका सडक बालबालिका तथा अनाथहरूलाई धरान उपमहानगरपालिकाको मेयर पदका काङ्ग्रेसका उम्मेद्धार तिलक राईले खाना वितरण गरेका छन् ।

उनले आफैंले नभई होप धरानद्वारा आयोजित सडक बालबालिकालाई भोजन कार्यक्रमअन्तर्गत उनले त्यहाँ खाना वितरण गरेका हुन् । मासु, भात, पापड, फ्रुटीलगायतका सामग्री उनले वितरण गरेका हुन् । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख खगेन तुलानीले खानाका लागि विशेष सपोर्ट गरेका थिए ।खाना वितरणपछि बोल्दै उनले धरानमा एकपटक काङ्ग्रेसलाई भोट दिन आग्रह गरे । धरानमा रहेका सडक बालबालिकाको व्यवस्थापनको लागि काङ्ग्रेसले गहिरो तरिकाले बुझेको बताउँदै आफू मेयर बनेपछि व्यवस्थापनमा जोड दिने उम्मेद्धार राईले बताए । ‘धरानमा सडक बालबालिका बढ्नु सार्वजनिक चासोको विषय हो, यसको व्यवस्थापनको लागि काङ्ग्रेसले विशेष पहल गर्नेछ ।’

प्रत्येक हप्ता सोमबार होप धरानको पहलमा खाना खुवाउने कार्यक्रम गर्दै आएको अध्यक्ष निश्चल पलिखेले जानकारी दिए । उनका अनुसार सोमबार नै पिण्डेश्वर मन्दिरमा रहेका वृद्धवृद्धा, साधुसन्तलाई खाना खुवाइएको छ । अर्कोहप्ता नेकपाका उम्मेद्वार प्रकाश राईलाई खाना वितरणका लागि डाक्ने कार्यक्रम रहेको उनले बताए । ‘विशेषतः नेताहरू डाकेर धरानबाट सडक बालबालिका व्यवस्थापन गरिछाड्ने लक्ष्य छ ।’ उनले भने ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.