वार्षिकोत्सवको अवसरमा कामना सेवाको विविध कार्यक्रम - Crazysaptahik.com

वार्षिकोत्सवको अवसरमा कामना सेवाको विविध कार्यक्रम


क्रेजी साप्ताहिक

पथरी । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको देशैभर १ सय भन्दा बढी शाखाहरु मार्पmत् आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव देशैभर विविध कार्यक्रम गरी मनाएको छ ।

सोही अवसरमा बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुन बाँकी रहेका ५२ वटा शाखाकार्यालय तथा केन्द्रियकार्यालय भवनको एकै साथ डिजिटल उद्घाटन अर्थमन्त्रि डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका का.मु. गर्भनर चिन्तामणी शिवाकोटीको विशिष्ट आतिथ्यतामा समापन गरेको थियो ।यसका साथै बैंकले सोही दिन विभिन्न शाखाकार्यालय मार्फत विविध सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम गरेको थियो । त्यसका साथै फुड फर लाईफ नामकएक संस्थालाई बैंकमा कार्यरत कर्मचारीहरुबाट प्रतिदिन रु.१ संकलनगरि आएको कुल रकम रु.१ लाख १२ हजार ९० रुपैँया हस्तान्तरण गरेको थियो । सोहीदिन झपाको पाडाजुँगी शाखामार्फत कमलगाउँपालिका वार्ड नं. ५ लाई पाडाजुँगी चोकमा सि.सि. क्यामरा संचालनका लागी आर्थिक सहयोग गरेको थियो ।

वाषर््िाकोत्सवका अवसरमा प्रदेश नं. १ कै मधुमल्लाबजारमा बैैंकका प्रदेश १ भरिका शाखामा कार्यरत कर्मचारीहरु, इलाका प्रहरी कार्यालय मधुमल्ला तथा स्थानियको उपस्थितीमा बैंकले बजार सरसफाई कार्यक्रम, ‘वृक्षरोपण गरौ वनजोगाऔँ’, ‘हरियो वन नेपालको धन’ लगायतका नारा सहितबजार परिक्रमाका साथै मावानुनसरि सामुदायिक बन क्षेत्रको खाली स्थानमा वृक्षरोपण कार्यक्रम गरेको थियो । कार्यक्रममा कामना सेवाविकास बैंक प्रदेश–१ का प्रदेश प्रमुख सुजन छाराहाङ राईले बैंकको तर्फबाट बोल्दै पोखारामा रहेको राष्ट्रिय स्तरको विकास बैंक कामनाबिकास बैंक र बुटवलमा रहेको क्षेत्रिय स्तरको विकास बैंक सेवाविकास बैंक एक आपसमागाभिएर बनेको कामना सेवाविकास बैंकले हाल १०३ वटा शाखाकार्यालय तथा ५० भन्दा बढि एटिएम मार्फत ग्राहकमुखिभई आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको विकास बैंकले प्रदेश १ मा १३ वटा शाखाकार्यालय संचालनगरिरहेको र निकट भविष्यमा प्रदेश १ मा मात्र ३ वटा थप शाखा संचालनगरिने जानकारी दिए ।

राईले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजलाई प्रत्यक्ष सकारात्मक प्रभावपार्ने कार्यक्रमहरुमा आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने भएकोले यस अन्तर्गत कार्यक्रमहरु गरेको तथा आउँदा दिनमा प्रदेश–१ मा हरेक महिना कुनै पनि शाखाबाट कम्तिमा एउटा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम गर्ने लक्ष्य रहेको बताए । वृक्षरोपण कार्यक्रममा रोपीएको २०० वटा विरुवा ठुलो भएर हुर्किउन्जेल बैंकले त्यसको रक्षागर्ने जिम्मा लिएको पनि उनले जानकारी दिए ।

सम्बन्धित खवर