क्रेजी साप्ताहिक । वर्तमान सरकारको २१ महिनाको २१ असफलता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप काङ्ग्रेसले लगाउँदै आएको छ । प्रवक्ता शर्माका अनुसार असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने यस्तो कार्यक्रम ल्याइएको हो । यही मंसिर १४ गते उप निर्वाचन हुँदैछ । वर्तमान सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो ।